काठमाडौं ३ श्रावण / हिन्दु नारिहरुको महान चाड तिज हरितालिका अब आउन केहि महिना मात्र बाँकि छ ,। साउन महिना लागेलगतै महिला हरुको हातमा हरियो चुरा र मेहन्दी देखिन थालेको छ ।
तेती मात्र हैन गायक गायिका तीज गीतको भिडियो निर्माणमा लागेका छन्। प्रतेक बर्ष तिज आयो भने सबैले गायिका बिष्णु माझिको गितको पर्खाइमा हुन्छन । यो बर्षपनि बिष्णु माझिको तिज गितको भिडियो सार्वजानिक भईसकेको छ।
तर उक्त गीतले भने यो वर्ष दर्शकको तेती मनजित्न सकेन ,। बजारमा धेरै तिजका गीत सार्वजानिक भएका छन् तर उत्कृस्ट कुन हो र दर्शकको मन कसले जित्न सक्छ भन्ने हो। ‘यो वर्ष गायिका सिन्धु मल्लको तिज गीत चिटिक्कै भाछुरे बोलको गितले भने पकै पनि दर्शकको मन जित्ने देखिन्छ । ,
लामो समयदेखि म्युजिक भिडियो देखि चलचित्र क्षेत्रमा ख्याति प्राप्त चर्चित निर्देशक तथा कोरियोग्राफर शिब बिकले निर्देशन गरेको गायिका सिन्धु मल्लको तिज गीत आज मात्र बजारमा सार्वजनिक गरिएको छ ।
गीतको भिडियोलाई निर्देशक शिब बिकले खै कसरि दर्शक माझ ल्याउछन । उनले जुन गीतको निर्देशन गरेपनि दर्शकले निकै रुचाउछन । ,सायद यो उनको क्षमता र अनुभवले होला भन्ने बुझिन्छ ।
रिलिज भयको १० मिनेटमै यो वर्षकै १ नम्बर गित भनेर दर्शकले माया गर्न थालेका छन् । गीतमा नायिका आँचल शर्माको कम्मर मर्केको देख्न सकिन्छ । भिडियो :
सुदाम थापाको संगीतलाई राज कुमार बगरले शब्द लेखेका हुन् । रामेश्वर कार्कीले सिनेमाटोग्राफी गरेको यो तिजको भिडियोलाई सक्क्षम सिंह थापालेनिर्मान गरेका हुन् ।गीतलाई एटके एभरेस्ट माउण्ट फ्लिम्सले बाजारमा ल्याएको हो।