“लक डाउन” भनेको के हो ?

काठमाडौं / विश्वभर आक्रमक रुपमा फैलिरहेको (कोभिड-१९) नोभेल कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको सङ्ख्या १० हजार नाघिसकेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ, भने दोस्रोमा चीन रहेको छ ।

नेपालमा भने हालसम्म कोरोना संक्रमित फेला परेको छैन, तरपनि कोरोना रोकथामका लागि नेपाल सरकारले कडा कदमहरु चालहेको छ । विश्वभर फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न सरकारले ‘मिनी लक डाउन’ गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द गर्न आह्वान गर्दै ‘लक डाउन’ गरेका हुन्।

‘के हो लक डाउन’ ?

लकडाउन भनेको सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरेको हो । तपाईंलाई कर्फ्यु भन्ने कुरा थाहा नै होला लकडाउन भनेको पनि कर्फ्यु जस्तै हो, सरकारले तोकिएको स्थानमा हिडडुल र प्रतिबन्धित गतिविधि गरेमा कारबाही गर्नेछ । नआत्तिनु होला, हाललाई नेपाल सरकारले पुरै लकडाउन गरेको छैन । कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउँदै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र भिडभाडमा नजान सरकारले आग्रह मात्र गरेको हो । तर, पुरै लकडाउन भयो भने सरकारले गरेको आग्रह नमाने कारबाही गर्नेछ ।

सरकारले के के  बन्द गरेको छ ?

देशभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’, प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने।

प्रधानमन्त्रीले सम्बोधनमा टेलिफोन, यातायात, प्रेस, सञ्चार, खानेपानी, पर्यटन, इन्धन, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स, औषधि विक्री वितरण, फोहोरमैला व्यवस्थापन, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुलगायत राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि नगर्न आह्वान गरेका हुन्।

Loading...
प्रकाशित मिति ८ चैत्र २०७६, शनिबार ०२:४४