चर्चामा साम्राज्ञी

काठमाडौँ, साउन ३ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला घुमघाममा व्यस्त छिन् । उनि प्राय: आफ्ना हट फोटोहरु सामाजिक संजालमा शेयर गरिरहन्छिन् । साम्राज्ञीले बिहिबार समुन्द्र तटमा बिकिनी लगाएको तस्विर शेयर गरेकी थिइन्।

साथै अहिले उनको एक अर्को तस्विर सामाजिक संजालमा भाइरल भएको छ । होलिडे मनाउन इन्डोनेशियाको बाली पुगेकी सम्राज्ञी समुन्द्र तटमा एक युवासंग रोमान्टिक मुडमा देखिएकी छिन्।

सार्वजनिक भएको तस्बिरका युवा को हुन् त्यो भने प्रष्ट देखिएको छैन। तर पछिल्लो समय उनको नाम देवांश राणासँग चल्दै आएको छ।

सम्राज्ञी केहि समय अगाडी आफ्ना पारिवारसँग स्विमिङ्ग गएकी थिइन् । चलचित्र ‘रातो टिका निधारमा’ र ‘मारुनी’ को छायाँकन सकिएपछि साम्राज्ञी होलिडेमा व्यस्त भएकी हुन् । हालै उनि अभिनित चलचित्र ‘मारुनी’ को नया गित पनि रिलिज भएको छ ।

चलचित्र ‘मारुनी’ भदौ १३ गतेबाट प्रदर्शनमा आउदैछ भने ‘रातो टिका निधारमा’ दशैंमा रिलिज हुँदैछ । उनि यस चलचित्रमा अभिनेता पुष्प खड्कासंग देखिदै छिन्

Loading...
प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार १७:३५