आइफा अवार्डको बिरोधमा उत्रिए माग्ने बुढा

बलिउडको चर्चित ‘इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०२०’ (आइफा) अवार्ड नेपालमा हुने भएको छ । यो अवार्ड नेपालमा हुने सरकारी तयारीसँगै यसको बिरोध सुरु भएको छ । सरकारले १ अर्ब खर्चिर नेपालमा आइफा अवार्ड हुने योजनाको बिरोध नेपाली फिल्मकर्मी खुलेर गरिरहेका छन् ।

सरकारले पर्यटन व्यवसायमा सहयोग हुने बताउँदै बलिउड कलाकारहरुको सुरक्षा लागि ४४ करोड २५ लाख सहित हवाई, खानपान तथा आवासको व्यवस्थापन गर्ने भएको छ । विदेशमा हुने आइफा अवार्डले यसअघि नीजि खर्चमा अवार्ड आयोजना गर्दै आएको थियो । तर, नेपाल सरकारले यो अवार्ड एक अर्ब खर्चिने भएको छ । अवार्ड हुने भन्ने खबरसँगै विवाद सुरु भएको हो ।

हाँस्य व्यांग्यकलाकार केदार घिमिरेले नेपाली कलाकारलाई मर्दा सेतो लुगा समेत चन्दा उठाएर किन्नु पर्ने अवस्थामा बलिउड अवार्डको लागि एक अर्ब किन खर्च गर्नुपर्यो भनेर प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता विधेयक ल्याऊ भनेर ‘थेग्नै नसक्ने प्रेशर आयो’ भनेको सुनेको थिएँ । फेरी प्रेशर हानेछ क्यार ‘आईफा अवार्ड गर’ भनेर । नत्र लथालिङ्ग देशको भताभुङ्ग ताल भैरहेको बेला विदेशी भाषाको सम्बर्धन हुनेगरी अनिकालको अरबौं बजेट किन खर्चिनु परो ? यता नेपाली कलाकारहरुलाई पशुपतिमा जलाउने बेला सेतो लुगा किन्न चन्दा उठाउन परिरहेको छ । कि राष्ट्रियता राष्ट्रियता भन्या पनि सुगा रटाइ मात्र हो ? हामिले जुन कर तिर्या छौँ के बलिउडमा लगानी गर्नलाई हो ? सानुमान्छे ठुलोकुरा भो की ?

निर्देशक प्रदिप भट्टराईले राष्ट्रिय अवार्ड गर्नलाई तीन वर्ष लगाउने तर विदेशी अवार्डको लागि किन तातेको भन्ने प्रश्न उठाएका छन् । साथै उनले आइफा अवार्ड नेपालमा हुनु राम्रो कुरा बताएका छन् । उनले लेखेका छन, ‘आइफा नेपालमा हुनु राम्रो कुरा हो । तर आफ्नै देशको राष्ट्रिय अवार्ड वितरण गर्न तीन वर्ष लगाउने र एउटा फिल्म सिटि बनाउन आलटाल गर्ने अनि अर्काको अवार्ड गर्न चै किन तातो लाग्या ? मैले त बुझिन तपाईले बुझ्या भए भन्दिनु है ।’

त्यसैगरी कलाकार संघका पुर्व अध्यक्ष नवल खड्काले नेपाली जनताले तिरेको करको दुरुप्रयोग भएको बताउदै लेखेको छन्, ‘आइफा अवार्डलाई स्थान र सुरक्षा दिनु उचित हो । तर, नेपाल सरकार आयोजक बन्न १ अर्ब लगानी गर्नु दलालीको परकाष्टा हो र ५० डिग्रीको तापमा काम गर्ने युवाहरुको रेमिट्यान्स र गरिब जनताको करको दुररूपयोग हो ।’

यस्तै निर्माता तथा कलाकार दीपकराज गिरीले आइफा अवार्डको व्यांग्यात्मक तवरले बिरोध गरेका छन् । छ माया छपक्कैको छायाँकनमा रहेका दीपकराज लेख्छन्, सलमान खान र कपिल शर्मालाई त सुरक्षा दिन सकिन्न भनेर कार्यक्रम नै रद्द भो । अब त झन् पूरै बलिउड ल्याउने रे मजाक गर्नु हुन्छ पान्डेजी…

Loading...
प्रकाशित मिति १४ असार २०७६, शनिबार १२:४०