भारतमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० पुग्यो

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

सोमबार थप दुई संक्रमितको मृत्यु भएपछि मृतकको संख्या १० पुगेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा कोरोनाबाट संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। मंगलबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोनाबाट ४ सय ९९ जना संक्रमित एका छन्।

संक्रमण बढ्दै जाँदा मानिसहरु त्रसित बनेका छन्। संक्रमितमध्ये अहिलेसम्म ३४ जना उपचारपछि ठिक भएका छन्।

भारतमा आइतबारदेखि पूरै देशमा लक डाउन छ। सबैले घरैमा बसेर सरकारको नियम पालना गरिरहेका छन्।

Loading...
प्रकाशित मिति ११ चैत्र २०७६, मंगलवार ०२:५३