नेपालमा तेस्रो कोरोनाभाइरस संक्रमित फेला

काठमाडौं /काठमाडौंमा फेरी एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सँगै तीन जनामा संक्रमण देखिएको छ।।

राष्ट्रिय प्रयोगशालाको वेभसाइटले संक्रमण देखिएको संख्या ३ उल्लेख गरेको छ। उनको टेकु अस्पतालमा उपचार भइरहेको छ। प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।

एक जना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन्। फ्रान्सबाट आएकी एक युवतीलाई कोरोना देखिएपछि उनको टेकु अस्पतालमा उपचार भइरहेको छ।

Loading...
प्रकाशित मिति १२ चैत्र २०७६, बुधबार ०६:५९