नमस्ते सिममा रिचार्ज गर्दा रिचार्ज बराबरको बोनस पाउने।

काठमाडाैं, चैत १२ गते । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार दिउँसाेबाट उपलब्ध गराउन सुरु गरेको छ ।

यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन ।

मङ्गलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो ।

कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।

Loading...
प्रकाशित मिति १२ चैत्र २०७६, बुधबार ०९:००