तेस्रो कोरोना संक्रमित व्यक्ति कुन देशबाट आएका हुन ? जान्नुहोस्

काठमाडौं / नेपालमा कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलासा भएको छ । कोरोनाभाइरस कोभिड–१९ को संक्रमणको लक्षण देखापरेपछि गत चैत १० गते परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।

दुबईबाट उनी चैत्र ५ गते स्वदेश फकिएका थिए । कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको हो ।

Loading...
प्रकाशित मिति १२ चैत्र २०७६, बुधबार ०९:३९