लकडाउनको चपेटामा परेका गरिब दुखीलाई ईशा गुरुङले गरिन् चामल सहयोग

काठमाडौं १३ चैत / विश्वभर महामारीको रुपमा फैलिरहेको (कोभिड-१९) नोवेल कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन । हालसम्म नेपालमा ३ जना कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ । सरकारले थप कोरोना नफैलियोस् भनेर देशमा एक हप्ताको लागि लकडाउन घोषणा गरेको छ ।

‘सरकारको लकडाउनले बिहान काम गरेर बेलुकी छाकटार्नु पर्ने मजदुरहरुमा के वितेको होला यो समय’ यस्तो आपतकालीन अवस्थामा सामाजिक अभियान्ता तथा समाजसेवी ईशा गुरुङले बिपन्न दुखी पीडित परिवारलाई आफ्नो व्यक्तिगत सहयोगमा ५० बोरा चामल सहयोग गर्न सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

कोरोना भाइरसले महामारी त्रसित भएको आपातकालिन समयमा मैले ५० बोरा चामाल सहयोग गर्ने बाचा गरे लगतै समाजसेवी राम बाबु भाँइले पोखरामा १० गरीब रोगी बिरामी मजदुर गरेर जिबिका चलाउनेहरूको लागी १० बोरा चामाल तुरन्तै व्यबस्थापन गरेर महत्वपूर्ण भुमिका निर्वाह गरी यो काम लाइ सहज गरिदिनु भयो , भाइ म हजुरको इमान्दारीता प्रति निँशब्द भए , धन्यवाद

समाजसेवी गुरुङले घोषणा गरेको केही घण्टा नबित्दै पोखराका १० विपन्न परिवारलाई १० बोरा चामल वितरण गरिसकेको छ । यस्तो आपतकालिन समयमा गरिब दुखीको लागि तपाईं पनि आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुहोस् ।

सेवा नै धर्म हो ।

Loading...
प्रकाशित मिति १३ चैत्र २०७६, बिहीबार ११:५८