कोरोना रोकधामका लागी नायिका वर्षा शिवाकोटीले गरिन् १ लाख सहयोग

काठमाडौं / विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस नेपाललाई पनि घेरेको छ । सरकारले सुरक्षाको लागी जारी गरेको लक डाउनले जनजीवन निकै प्रभावित बनेको छ । सरकारले आपत्कालीन सहयोगका लागी कोरोना रोकथाम कोष खडा गरेको छ । जसमा जसले पनि सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

विभिन्न तह र तप्काका व्यक्तिहरूले यसको लागि सहयोग गरिरहेका छन् । यसै बिच अभिनेत्री वर्षा सिवाकोटीले उक्त कोषमा १ लाख सहयोग गर्ने घोषणा गरेकी छिन् ।यस अघी पनि गलबन्दी गायक प्रकाश सपुतले पनि २ लाख सहयोग गरेका छन् । उनले केहि दिन अघी नै कोरोना रोकथाम कोषमा क्त रकम जम्मा गर्ने जानकारी दिएका थिए । वर्षा सिवाकोटीले आपतमा परेकालाई सहयोग गर्न सम्बन्धित ठाउँमा उक्त रकम पुग्ने अपेक्षाको साथमा आफूले रकम सहयोग गरेको उनले बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा एक स्ट्याटस सार्वजनिक गर्दै,  दिनरात मजदुर गरेर जीविका पार्जन गर्नु हुने हाम्रा दाजुभाइ दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाहरुको लागी जति सक्दो चाँडो राहतको व्यवस्था गर्नु हुनेछ भन्ने आशा गरौँ यसको लागी मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु र मेरो इच्क्षा, यो पैसा ती हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओश जसले दैनिक काम गरेर जीवन गुजारा गर्नु हुन्छ !’ भनेकी छिन् ।

साथै ‘देशलाई बचाउन दिनरात भोक भोकै खट्नु हुने मेडिकल सेक्टरबाट डाक्टरहरू, नर्सहरू र मेडिकल सँग सम्बन्धित  अन्य व्यक्तिहरू र हाम्रा देशका खम्बा प्रहरी दाजुभाइ दिदीबहिनीहरू र कोरोना भाइरस बाट बचाउन लाग्नु भएका अन्य क्षेत्रका व्यक्ति हरूमा नमन गर्छु’ भनि उल्लेख गरेकी छिन् ।

Loading...
प्रकाशित मिति १६ चैत्र २०७६, आईतवार १५:१३