काठमाडौँ / राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएको छ ।
बिहीबारदेखि बनाउन थालेका पीपीई सरकार र अस्पताललाई निःशुल्क उपलब्ध गराउने केन्द्रका अध्यक्ष महावीर पुनले बताएका हुन ।
“एउटा पीपीई बनाउनका लागि एक हजार पर्छ”, उनले भने, “एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।”
बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उनले जानकारी दिएका छन् ।
चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छ जना मजदुरले अहिले पीपीई उत्पादन गरिरहेका छन् ।