निःशूल्क मास्क, सेनिटाइजर र पञ्जा वितरण

ज्योति कुमार पन्थी,

गुलरिया, १७ चैत । कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेको आज सातौं दिनसम्म आइपुग्दा बर्दियामा त्यसको पूर्ण पालना भएको छ ।

यसैबीच बर्दियाका समाजसेवी सुरेश पन्तले कोरोना संक्रमण निणन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया, जिल्ला प्रहरी कार्यालय, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र जिल्लाका सञ्चारकर्मीहरुलाई मास्क, पञ्जा र सेनिटाइजर वितरण गर्नुभएको छ ।

समाजसेवी पन्तले सोमबार बर्दिया पुगेर १६ हजार थान मास्क, तीन हजार थान सेनिटाइजर र पाँच हजार जोडी पञ्जा निःशूल्क वितरण गर्नुभएको हो ।

कोरोना संक्रमणको जोखिम मोलेर खटिइरहेका सुरक्षाकर्मी, सञ्चारकर्मी र जनप्रतिनिधिलाई सुरक्षित राख्नका लागि मास्क, सेनिटाइजर र पञ्जा निःशूल्क वितरण गरिएको पन्तले जानकारी दिनुभयो ।

Loading...
प्रकाशित मिति १७ चैत्र २०७६, सोमबार ११:२७