पशुपतिमा निःशुल्क शवदाह सेवा

काठमाडौँ, १७ चैत / कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क श*वदाह सेवा शुरु गरेको छ ।

पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह, भष्मेश्वरघाट, आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई निःशुल्क श*वदाहको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । विद्युतीय श*वदाह गृहमा श*वदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ ।

भष्मेश्वर घाटमा दाउराबाहेक श*वदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । यसैगरी आर्यघाटमा रु एक हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकतानुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौ मा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताउनुभयो ।

पशुपतिमा जलाइने श*वका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने (लोड अनलोड) को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल (टिसिएन) ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

यसअघि बेखर्ची भनी वडा कार्यालयको सिफारिस लिई आउनेलाई विभिन्न सामाजिक संस्थाले खर्च दिएर विद्युतीय श*वदाह गृहमा निःशुल्क श*वदाह गर्ने व्यवस्था गरिएको थियो । लकडाउनका समयमा ती संस्थासँग बेखर्चीको सम्पर्क हुन नसक्ने भएकाले कोषले नै निःशुल्क गर्ने व्यवस्था गरेको हो ।(रासस)

Loading...
प्रकाशित मिति १७ चैत्र २०७६, सोमबार १५:०३