रामेछापमा बोलेरो जीप दुर्घटनाः दुईको मृत्यु, ३० घाइते

रामेछाप / खांडादेवी–१ राकाथुममा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट रामेछापको टोकरपुर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये दोरम्बा गाउँपालका २ का २४ वर्षका संगित पहरीको पहिचान भएको प्रहरीले जनाएको छ । मृतक अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । बोलेरोमा लकडाउनका कारण काठमाडौंमा अलपत्र परेमा रामेछापका विभिन्न ठाउँका मान्छे आउँदै गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरु काठमाडौंमा अलपत्र परेपछि पास बनाएर गाउँ फर्किरहेका थिए ।

– फाइल तस्बिर

Loading...
प्रकाशित मिति १८ चैत्र २०७६, मंगलवार ०६:२०