कोरोना संक्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं / नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य पाइएको सम्बन्धित अस्पतालले जनाएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।

उक्त अस्पतालमा फ्रान्सबाट गत चैत ४ गते आएकी काठमाडौंकी १९ वर्षीया युवती र गत चैत ६ गते युएईबाट नेपाल आएका एक युवकको संक्रमण देखिएको थियो । उनीहरु दुवै जनाको अहिले अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमीतको स्वास्थ अवस्था बुझ्दै चिकित्सक स्वास्थकर्मि को टिम । तस्बिर :सामाजिक सञ्जाल

दुवैको जनाको दोस्रो परीक्षणको लागि स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने तयारी भइरहेको छ । यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुवईबाट चैत ६ गते आएका ३४ वर्षीय संक्रमित युवाको अवस्था पनि सामान्य रहेको छ ।

चैत ४ गते बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अस्पतालले जनाएको छ । युवतीसँगै पोखरा गएका र उनीसँग नजिक रहेका नौ जनाको स्वाव परीक्षणको जनस्वास्थय प्रयोगशाला काठमाडौंमा भइरहेको छ ।

Loading...
प्रकाशित मिति १८ चैत्र २०७६, मंगलवार १०:५९