मृत्यु आउँछ………

जीवन र मृत्युको दोसाँधमा

लडिरहेको  जिन्दगीलाई

मृत्युले देखेको दिन

भागमा मृत्यु लेखेको दिन

डराउ या नडराउ

पत्याउ या नपत्याउ

चाहादा नचाहादै पनि

आधी बेरि झै  बनेर

जिउनुको आनन्द

गिद्धले सिनो लुछे झै लुछ्न

कहाँ

क्यान्सर ,निमोनीया

कोर‍ोना

आउनुपर्छ

मृत्यु त

खाने खानामा लुक्छ

सुत्ने पलङगमा सुत्छ

पाइला पाइलामा कुद्छ

हात धोएर

माक्स लगाएर

शरीर नै छोपेपछि

कसरी मरिन्छ र

________

मृत्युलाई जिते सरी

बालकलाई छले झै आफुलाई

छलेर हाँस

थुन चाहे पिञ्जडा भित्र

भाग्न चाहे सके जति भाग

खोज सुरक्षा

लुक्न चाहे लुक

फुल झै निस्वार्थ

समुन्द्र झै शान्त

आकाश झै अनन्त

मृत्यु चुम्बकीय गुण बोकी खोज्दै आउछ

त्यो दिन आकाश काहा ढल्छ

पृथ्वी कहाँ बल्छ

वतिको प्रकाशमा परि पुतली मरे झै

निलो आकाश केही छिन कलो  बादलले

छेके झै  मात्रै बनाउन

अदृश्य

अकाल्पनिय

अनिश्चित मृत्युले

देखेको दिन भागमा लेखेको दिन

दिनमा होस या रातमा

कोलाहलमा  होस या सुनसानमा

मृत्यु देखि भयभीत जिन्दगीलाई

विश्राम दिन

आउँछ मृत्यु

(कविता )

लेखक : विजयिता भण्डारी

Loading...
प्रकाशित मिति १८ चैत्र २०७६, मंगलवार ११:२४