इराकबाट चार नेपालीको उद्धार (भिडियो सहित)

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३९८ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएका छन्ः

१. फलोअप–महिलामाथि सिरिन्ज आक्रमण

काठमाडौं । पछिल्लो समय त्रसित बनाएको सिरिन्ज आक्रमणका घटनामा संलग्न रहेको भन्दै प्रहरीले शुक्रबार रामेछाप घर भई काठमाडौं स्थित महाराजगन्जमा रेष्टुरेन्ट सञ्चालन गरिरहेको सन्तोष कार्कीलाई सार्वजनिक गरेको छ । गत जेठ १८ गते राति ढल्कुमा कुकुर डुलाउन निस्किएकी एक महिला माथि मोटरसाइकलमा सवार कार्कीले आक्रमण गरेका थिए । यो घटनापछि यस्तै समस्या लिएर टेकु प्रहरीमा ५ महिलाले उजुरी गरे भने टेकु स्थित शुक्रराज ट्रोपिकल सेन्टरमा एक दर्जन बढी महिलाहरुले आँफुहरुमाथि सिरिन्ज आक्रमण भएको भन्दै स्वास्थ्य परीक्षण गराए ।

२. गाउँपालिकाले ३० लाख खर्चेर गरेको वृक्षरोपण ‘बाहिर जाली–भित्र खाली’

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले सडक वरिपरि हरियाली बनाउने भन्दै गत वर्ष ३० लाख खर्चेर रोपेका विरूवा हुर्किनै नपाई सुकेका छन् । गाउँपालिकाको वडा नम्बर– १, भीरकोटदेखि वडा नम्बर– ३ मालुसम्मको सडक छेउ–भित्तामा लगाइएका करिब साढे १३ सय विरुवाहरू सुकेर बाहिर जाली भित्र खाली हुँदै गएका छन् ।

३. इराकबाट फर्किएका युवाहरुको कथा

काठमाडौं । रोजगारीका लागि इराक जान अनुमति नभएपनि अवैध बाटो हुँदै धेरै नेपालीहरु इराक पुगिरहेका छन् । दाङका लेवराम डांगी, ललितकुमार गुजरालप्रेश विश्वकर्मा तथा कोहलपुरका लाल बहादुर आलेलाई पनि वैधानिक तरीकाले इराक जान पाइन्न भन्ने राम्रोसँग जानकारी थियो । तर लामो समय इराकमै रहेका गाँउकै लोकेन्द्र खड्काले आर्कषक अफर पठाएपछि उनीहरु जोखिम उठाउन तयार भए । ३ लाखको लागतमा नेपालबाट भिजिट भिषामा दुवई हुँदै इराकको बग्दाद स्थित ग्रीन जोन भित्र रहेको अमेरिकन तेल उद्योगमा काम लगाइदिने र महिनाको ७०/८० हजार कमाई हुने लोभ–लालच देखाइयो र बंगाली पासपोर्ट बनाएर २०१८ अगष्ट १२ मा इराकको कुर्दिस्तानमा पु¥याइयो ।

Loading...
प्रकाशित मिति १४ असार २०७६, शनिबार १८:१७