काठमाडौं / नेपालमा कोरोना भाइरस संक्रमित व्यक्तिको सङ्ख्या ६ पुगेको छ । पछिल्लो संक्रमित पनि कतार एयरवेजबाट चैत्र ४ गते नेपाल आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन ।
थप जानकारी आउन बाकी
कर्णालीमा पनि कोरोना (कोभिड-१९) भाइरसको परीक्षण सुरु भएको छ। विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश राजधानी सुर्खेतमा पनि सुरु भएको हो।
यसअघि बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउने गरिएकोमा बिहीबारबाट सुर्खेतमै परीक्षण सुरु भएको हो। अब कुनै पनि व्यक्तिमा कोरोनासंक्रमण भए नभएको परीक्षण वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँबाटै थाहा हुनेछ।
कोरोना परीक्षण गर्ने आरटीपीसीआर मेसिन बुधबार सुर्खेत ल्याइएको थियो।बुधवार रातीसम्म यो मेसिन अस्पतालमा रहेको प्रयोगशालामा जडान गरिएको हो।