बजार गएकी १२ वर्षीया बालिका दुई दिनदेखि वेपत्ता, खोजिदिन परिवार आग्रह

दाङ / दाङमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जयबहादुर कुँवरकी १२ वर्षीया छोरी गरिमा कुँवर रहेकी छन् ।

तुलसीपुर बजार गएका बेला बालिका हराएपछि खोजी गरिदिन परिवारले आग्रह गरेका छन् ।

वेपत्ता बालिकाको खोजीका लागि परिवारले सबैमा अनुरोध समेत गरेको छ । गहुँगोरो वर्ण, अनुहार लाम्चो, कपाल छोटो, उचाई करिब ५ फिट अग्ली बालिकाले कालो तथा सेतो रंग मिसिएको टिसर्ट र जिन्स पाइन्ट लगाएकी र गोल्डेन रंगको व्याग बोकेको परिवारले जनाएको छ ।

परिवार अहिले छोरी हराएसँगै गहिरो चिन्तामा रहेको छ ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार ०९:४३