ई सेवाको प्रेस विज्ञप्ति

विगत केही दिन देखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध हामी खेद प्रकट गदछौ । समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन । विगत ११ वर्ष देखि भुक्तानी सेवा प्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतिय भुक्तानीको जग बसालेको इसेवा भएको सबैलाई जानकारी नै छ । सुरुवाती दिन देखि नै विभिन्न बाधा व्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेका हौ ।

इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी हो । इसेवाको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको कुरा आमग्राहकलाई जानकारी गराउ छौ । इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौ र यसको अक्षरस: पालना गरेका छौ ।

लकडाउनको यस विषम परिस्थितीमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारीहरु ‘वर्क फर्म होम’अन्तरगत २४ सै घण्टा तपाईको सेवामा कटिबद्ध छन् । मुलुकको यस विषम परिस्थितीमा नगद र हित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको र यसको हामी भरपर्दो सारथी भएको महशुस गरेका छौ । विभिन्न अनलाइनमा श्रृङ्खला बद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौा । हामी नगदरहित नेपाल बनाउने अभियानमा किञ्चित पनि बिचलित छैनौ र हुने छैनौ ।

सूचना तथा सञ्चार शाखा

इसेवा फोन पे प्रा. लि.

हात्तीसार काठमाडौँ ।

Loading...
प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार ०६:४८