भद्रगोलकी मुन्नीको संघर्ष र सफलता (हेर्नुहोस् भिडियो)

काठमाडौं / नेपाल टेलिभिजनवाट प्रशारण हुने हाँस्य श्रृंखला भद्रगोलमा पछिल्लो समय एक नयाँ कलाकार निकै चर्चामा छिन् । भद्रगोलमा नयाँ पात्र ‘मुन्नी’ को भुमिकामा खेलेकी प्रियाना आचार्यको अभिनयलाई दर्शकले धेरै नै रुचाएका छन् । भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नीको सुन्दरता र अभिनयलाई धेरैले तारिफ गरेका छन् ।

भद्रगोलको पछिल्लो श्रृंखलामा अधिकांश दर्शकले मुन्नीमाथि नै केन्द्रित भएर कमेन्ट गरेका छन् । यसैक्रममा हाँस्य श्रृंखला भद्रगोलमा मुन्नी’ को भुमिकामा खेलेकी प्रियाना आचार्यसँग हामिले रमाइलो कुराकानी गरेका छौ ।

कुराकानीमा भद्रगोलकी मुन्नीले आफुलाई नाच्न गाउन देखि धेरै अभिनय आउने बताएकी छिन् । उनले आफुलाई सानैदेखी अभिनयमा रुचि राख्दै आएको बताउदै भद्रगोलमा अभिनय गर्न पाउदा निकै खुशि लागेको बताएकी छिन् ।

कुराकानीमा उनले आफुले भद्रगोलमा गरेको अभिनय रमाइलो गरी सुनाएकी छिन् । उनले भद्रगोलमा सबैले आफ्नो अभिनयको प्रशंसा गर्दा निकै खुशि लागेको बताएकी छिन् ।

कुराकानीमा उनले नरोउ मयालु, सानु माया गीत पनि गाएर सुनाएकी छिन् । हेर्नुहोस् हाँस्य श्रृंखला भद्रगोलकी ‘मुन्नी’ सँग हामिले गरिएको यो रमाईलो कुराकानीको भिडियो

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार १०:०८