भारतमा रहेका प्रवासी नेपालीहरुको लागि बिषेश आर्थिक राहत प्याकेजको घोषणा गरियोस् ।

गणेश साउद जि सि “डोटि”

काठमाडौं / ज्यानको पर्वाह नै नगरी भारतीय हरुको जिउ धनको रक्षा गर्ने नेपाली हरु इतिहासमा पहिलो पटक भारतका गल्लि गल्लिमा त्रास पुर्ण वातावरणमा कतै अलपत्र परेका छन्, कतै रुईरहेका छन, कोहि डिप्रेसनमा समेत परिसकेका छन भने कसै कसैले त भोको पेट सहित सडक पेटिमा रात बिताउनु परेको छ।

एकातिर एस्तो बिषम परिस्थितिमा कसरी छाक टार्ने भन्ने चिन्ता छ भने अर्को तिर बाचेर सिमाना सम्म पुकिनै हालियो भनेपनि पहिले देखिनै अलपत्र परेका आफ्ना दाजुभाइ हरुको हालत देख्दा झनै मन टुक्रिएर आउछ।
कोरोना संक्रमणको सुरुवातमा नै नेपाली हरुको एस्तो हालत छ भने दिन प्रतिदिन बढ्दै गएको कोरोना संक्रमणले लकडाउन कतिसम्म लम्बिने हो कुनै निश्चित छैन। जति जति दिन हरु बित्दै जाने छन प्रवासी नेपालीहरुको लागि त्यति नै भयावह हुने देखिन्छ।
जो पनि डर र त्रासमा दिन बिताउन बाध्य छन्।
मर्नै परे आफ्नै माटोमा अन्तिम सास लिन पाए पनि हुन्थ्यो भनेर पसुपती नाथ संग प्राथना गरिरहेका छन,
भतभती जलिरहेको मन अाशु का धाराले पनि सान्त भैरहेको छैन।

यहा रहेका प्रवासी संगठन हरुले पनि चाहेर पनि अाफन्त हरुको लागि केहि सहयोग गर्न सक्ने अवस्था छैन, बाहिर निस्क्यो कि पुलिसको लाठि खानुपर्छ।
तै पनि ज्यानको पर्वाह नगरी कयौ साथी हरुले हजारौं नेपाली हरुको उद्दारमा भुमिका खेल्नु भएको छ।
उहा हरुको भुमिका को लागि हार्दिक आभार प्रकट गर्दछु।
बिषेश गरि होटेल रेष्टुरेन्ट, गेस्टहाउस तथा बजारमा टिउटि गर्ने हरु प्रत्यक्ष मारमा परेका छन्।

भएको रासन पानी सकिदैछ, हुदाहुदै अबत नेपाली हरु मा पनि कोरोना संक्रमणको सुरुवात भैसकेको छ। ब्यांगलुर मा हिजो मात्रै दुई जना मा कोरोना संक्रमणको पुस्टि भएको छ। अधिकांश नेपाली हरु कोरोना जोखिम पुर्ण वातावरणमा रहेकाले संक्रमित संख्या बढ्ने सम्भावना पनि छ।

त्रासमा बाँचिरहेका नेपाली हरु अब को संग आसा राख्ने उता नेपाल सरकार बोर्डर बन्द गरेर बसेको छ। मानौ हामि भारतमा बस्ने नेपालीलाइ जेसुकै होस जस्तो।
सबैको मनमा सल्केको अागो समयमै निभाउने कोसिस गरियोस् हैन भने भारतमा रहेका ४० लाख नेपाली हरुको श्राप सामान्य हुने छैन।

अन्य रास्ट्र हरुले बिदेशमा रहेका आफ्नो नागरिक प्रति देखाएको ब्यबहार र हामि प्रति हाम्रो सरकारले गरेको ब्यबहार हरु देख्दा सर्वव्यापी रुपमा सरकार प्रति आक्रोश देखिनु स्वाभाविक नै हो।

साच्चै नै हामि प्रवासी नेपालीहरुको पनि सरकार हो भने,अलपत्र परेका हरुलाइ सिमानामा बिषेश चेकजाँच सहित क्वारेन्टाइन को ब्यबस्था गरि स्वस्थ भैसकेको अवस्थामा आफ्नो घरमा फिर्ता गराइयोस।
तुरुन्त भारत सरकार संग छलफल अघि बढाइ
भारतमा रहेका नेपाली हरुको लागि बिषेश आर्थिक राहत प्याकेजको घोषणा गरी पिडित नेपाली हरुलाइ
निम्नलिखित अत्यावश्यक राहतको घोषणा गरि उचित राहत प्रदान को लागि नेपाल सरकार समक्ष जोरदार माग गर्दछु।

१- सर्वप्रथम भारतका प्रत्येक राज्य हरुमा हेल्प डेस्क को स्थापना गरि अलपत्र परेका हरुको विवरण संकलन गरियोस्। जसले निस्पक्ष ढंगले बिभिन्न प्रवासी संगठन हरुको समन्वय मा वास्तविक डाटा संकलन गर्नेछ।

२- अलपत्र परेका हरुलाइ तुरुन्त स्वास्थ्य चेकजाँच को ब्यबस्था गरि स्वदेश फिर्ता गराइयोस्।

३- कोरोना संक्रमित हरुको भारतीय नागरिक सरह उचित ढंगले उपचार गराइयोस्।

४- भारत सरकारले भारतिय मजदुर हरुलाइ दिने अार्थिक अनुदान सरह नेपाली हरुलाई पनि प्रदान गराइयोस्।

५- कोरोना वाट मृत्यु भएको खण्डमा भारतीय नागरिक ले पाउने सरहको क्षेतिपुर्तिको सुविधा उपलब्ध गराइयोस्।

पदम जान बोहोरा
शायल गाउ पालिका डोटी
सचिव :गणेश बोगटी
सुदुर पस्चिमेली नेपाली समाज भारत
तमिलनाडु
हाल भारतको चेन्नई

(चौतारी मिडिया सहकर्मी सुस्मा श्रेष्ठको सहयोगमा )

Loading...
प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार ११:०९