एसियाको प्रभावशाली व्यक्तिको सूचीमा नेपाली चेली प्रतिभा शेर्पा

काठमाडौं, २१ चैत / नेपाली महिला गल्फर प्रतिमा शेर्पा विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले निकालेको एसियाको प्रभावशाली व्यक्तिको सूचीमा परेकी छिन् ।

फोब्र्सले सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा प्रतिमा अटाएकी हुन् । प्रतिमा ’इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा सूचीकृत भएकी हुन् । प्रतिमा हाल पढाई र गल्फको प्रशिक्षणका लागि अमेरिकामा छिन् ।

सान्टा बारबरा सिटीमा पढिरहेकी प्रतिमा नेपालको नम्बर एक महिला गल्फर हुन् । उनको लक्ष्य नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने छ । सूचीमा प्रतिमासहित नेपालका ६ जना अटाएका छन् ।

प्रतिमाबाहेक अन्य सबै युवा उद्यमी हुन् । सूचीमा निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा, जेसलिना राणा र रोहित तिवारी पनि अटाएका छन् ।

Loading...
प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार १४:३७