दुखद् खबर : फिदिम नगरपालिका ५ का वडाध्यक्षको निधन

काठमाडौं  चैत २२ / पाँचथरको फिदिम नगरपालिका ५ का वडाध्यक्ष लिलाराज तुम्वापोको निधन भएको छ । झापाको बी एण्ड सी अस्पतालमा उपचाररत ३३ वर्षका तुम्वापोको शुक्रबार निधन भएको हो ।

केही समयदेखि ब्ल’ड क्या’न्सरको समस्यासँग जुझिरहनुभएका तुम्वापो बिरामी परेपछि बिहीबार हेलिकप्टरबाट थप उपचारका लागि उहाँलाई झापा लगिएको थियो । उहाँलाई पछिल्लो एक सातादेखि बिरामले बढी नै सताएको थियो ।

राष्ट्रिय युवा संघ पाँचथरका सहसंयोजक समेत रहनुभएका युवा नेता तुम्वापो फिदिम ५ चोकमागु गैरिगाउँ भन्ने ठाउँका स्थायी बासिन्दा हुनुहुन्थ्यो ।

वडाध्यक्ष तुम्वापोको निधन भएकै दिन उहाँको श्रीमतीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको छ । बिहान ३ बजेको समयमाा छोरीको जन्म भएको आफन्त इन्दिरा तुम्बापोले जानकारी दिनुभयो ।

उहाँको परिवारमा अब दुई छोरीहरु भएका छन् । स्वर्गीय तुम्बापो तात्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Loading...
प्रकाशित मिति २२ चैत्र २०७६, शनिबार ०४:०२