विशाल रायमाझी र टीका लामिछानेको कमेडी तीज गीत “ठेल न बुढी ठेल” सार्वजनिक

काठमाडौं ४ असार / नारीहरुको महानपर्व तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा तीज गीतको निकै चर्चा चलिरहेको छ । प्रतिस्पर्धात्मक रुपमा तीज गीतहरु बजारमा आइरहँदा ठट्यौली कमेडी धारको कमै मात्रामा आएको छ।

हरेक बर्ष नयाँ नयाँ तीज कोसेली पस्किने गायक तथा सर्जक विशाल रायमाझीले यो बर्ष पनि ठट्यौली कमेडी पाराको ‘ठेल न बुढी ठेल” बोलको गीत बजारमा लिएर आएका छन् ।

रविन घर्ती मगर , मदन सेन्चुरी , टीका लामिछाने मगरको स्वर रहेको यश गीतमा मोडेल तथा नायिका एलिना रायमाझी , यादव देवकोटा ( सरापे ) अर्जुन कुँवर , शर्मिला रायमाझीको अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस् :

राज कुमार मगरले निर्देशन गरेको भिडियोलाई विशाल रायमाझी (नक्कले भेनाजु) युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार १३:३५