उदयपुरको आइसोलेसनबाट भागेका व्यक्ति खोटाङमा भेटिए

उदयपुर / उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट भागेका एक जना खोटाङमा भेटिएका छन् ।

भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा भागेका उदयपुर ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् ।

छोरीको घरमा आएर बसिरहेको जानकारीका आधारमा नेपालीलाई आईतबार नियन्त्रणमा लिएर क्वारेन्टीनमा राख्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

किर्तीमानको सम्पर्कमा रहेका दुई परिवारका आठ जनालाई समेत दुर्छिम स्वास्थ्यचौकीको क्वारेन्टीनमा राख्ने तयारी गरिएको छ ।

उनी तीन दिनअघि आफन्तको घरमा आइपुगेको मेयर राईले बताए । माघ १२ गते कटारी आइपुगेका नेपाली मोवाईल, लुगाफाटा, झोला अस्पतालमै छाडेर चैत १४ गते भागेको बताइएको छ । २१ जनाको समुहमा कटारी आइपुगेका उनलाई ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको थियो । (शोलुसन)

Loading...
प्रकाशित मिति २३ चैत्र २०७६, आईतवार ०७:२३