थप एक साता लम्बियो लकडाउन

काठमाडौं / कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लक डाउनको समय १ साता थप्ने भएको छ । दुई सातादेखिको लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

आजको मन्त्रिपरिषदले लक डाउन र सीमा बन्द थप गर्नेबारे छलफल गर्ने , स्वास्थ्य सामग्री खरिद गर्न जिटुजीबारे थप निर्णय गर्नेसमेत गर्ने बताइएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

लकडाउनको घोषणा गर्नुपूर्व दुई साता अगाडि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।

Loading...
प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार ०९:२१