यसरी तयार हुँदैछ नारायणीमा चल्ने पानीजहाज

साउन ४ –प्रधानमन्त्री केपी शर्मा ओलीले जब नारायणीसहित देशका ठुला नदीहरुमा पानीजहाज चलाउँने घोषणा गरे तब उनको उक्त अभिव्यक्तिमा धेरै खाले टिकाटिप्पणी भए । त्यसमाथि पनि नारायणी नदीमा पानीजहाज चलाउँनै नसक्ने पनि भन्दै त्यो सम्भवन नै नभएको भनी खिल्ली पनि उडाईएको थियो तर नारायणीमा रिभर क्रुज शीप (मिनी पानी जहाज) संचालन हुने निश्चित भईसकेको छ । नेपालमै पहिलो पटक नारायणीमा मिनी पानीजहाज दशैँअघि नै संचालन गर्ने तयारी भईरहेको छ । करिब ३५ करोड खर्चिदै रिभर क्रुज निर्माण भईरहेको छ । आज शनिबार रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले भरतपुरमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारेमा जानकारी दिएको छ ।

कम्पनीले २ महिनामा उक्त पानीजहाज निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । पयर्टन प्रयोजनका लागि मात्र प्रयोग हुने उक्त पानीजहाज भने भरतपुर वडा नम्बर १६ स्थित ज्ञानेश्वर सामुदायिक बन काभ्रेघाटमा निर्माण भईरहेको छ। प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले उक्त पानी जहाज संचालन भएपछि नेपालमा जल यातायातको सम्भाव्यतामा प्राबिधिक आधार तयार हुने बताए । उनले पानीजहाज संचालनमा आएपछि पयर्टकले बिहानको ब्रेकफास्टेदेखि अपरान्ह खाना र डिनर सबै पानीजहाजमै बसेर नदीको सयर गर्दै आनन्दको समय बिताउँन सकिने बताए ।

कम्पनीले पानीजहाज चलाउँनका लागि तत्कालका लागि काभ्रेघाटदेखि देवघाटसम्म चलाउने अनुमति लिइसकिएको छ । २ सय जनासम्मलाई सेवा दिन मिल्ने गरी निर्माण भईरहेको पानीजहाज २ तल्ला, १ सय फिट लम्बाइ र २५ फिट चौडाइएको हुनेछ । कंडेलका अनुसार पानीजहाज संचालनका लाथि क्रु मेम्बर र प्राविधिक हाललाई बिदेशी हुने र भबिष्यमा नेपालमा नै जनशक्ति उत्पादन गर्ने योजना पनि रहेको छ । निर्माण गरिरहेको प्राविधिक कम्पनीले भारत, श्रीलङ्का, मलेसिया, दुबई लगायतका देशमा राम्रो जहाज निर्माण गरेर सम्मानित भएको दाबी गरिएको छ ।

Loading...
प्रकाशित मिति ४ श्रावण २०७६, शनिबार १६:२५