काठमाडौं / कोरोना भाइरसका कारण देश लकडाउनमा रहेका बेला बझाङ जिल्लामा भने विसरती मेलाका लागि हजारौं मानिस जम्मा भएका छन् । सरकारले सोमबार वैशाख ३ गतेसम्मका लागि थप लकडाउन घोषणा गरेको छ । तर, बझाङमा भने त्यसको कुनै असर परेको छैन ।
बझाङको छविस पाथिभेरा गाउँपालिका–३ मा मनाइने बान्नीकी चैतलीमा सोमबार हजारौं मानिसको भीड जम्मा भएको छ । कोरोना भाइरसको संक्रमणले सुदूरपश्चिम सबै प्रदेशभन्दा जोखिममा छ ।
सुदूरपश्चिमका ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतबाट स्वदेश फर्किएका दुई र दुबईबाट आएका एक जनाबाट आफ्नै परिवारका एक जनालाई संक्रमण सरेपछि सुदूरपश्चिमा कोरोनाका संक्रमित ४ जना फेला परेका हुन् ।
तर, बझाङको छबिसपाथिभेरा गाउँपालिकाका स्थानीयले भने लकडाउन उल्लंघन गर्दै हजारौंको भीड जम्मा गरी सोमबार बान्नीकी चैतली मेला मनाएका छन् ।
गाउँपालिका उपाध्यक्ष राधिका रताला जोशीले गाउँपालिकाले चैतली मेला मनाउन रोक लगाए पनि स्थानीयले अटेरी गरेको बताइन् ।
अन्नपूर्ण पोस्ट बाट