कक्षा ११ र १२ को परीक्षा स्थगित

विश्वभर फैलिएको कोरोना भाइरस कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय भएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेले जानकारी दिनुभयो ।

बैठकले वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डले मंगलबार दिउसो जारी गरेको सूचनामा ‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ । विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’

कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ।

Loading...
प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार ०८:४२