काठमाडौँबाट गाउँ फर्किन चाहनेलाई दुईदिन लकडाउन खुल्ला

-फाइल तस्बिर

काठमाडौं २७ चैत / सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएका मानिसलाई २८ र २९ गते उपत्यका बाहिर जान दिने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो । लकडाउन लम्बिएसँगै मानिसहरु बिचल्लिमा परेपछि हिडेरै गाउँ फर्किने क्रम बढेको छ । यस समस्यालाई मध्यनजर सरकारले सो निर्णय लिएको हो ।

त्यस्तै कोभिड–१९ का कारण हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको मृत्यु भएको छ ।अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको मृत्यु भएको हो । कम्तिमा सय भन्दा संक्रमित छन् ।

नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा हालसम्म चार नेपालीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये तीनजना निको भई काममा फर्किएको रियादस्थित नेपाली दूतावासले जनाएको छ । अन्य एकको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

साउदी अरबमा कोरोनाका कारण ४१ जनाको मृत्यु र २ हजार ९ सय संक्रमित भएका छन् ।

साउदीले कोरोनाको संक्रमण फैलन नदिन मुलुकभर कफ्र्यू लगाएको छ । साउदीमा दुई लाखभन्दा बढी नेपाली रहेको बताइन्छ ।

Loading...
प्रकाशित मिति २७ चैत्र २०७६, बिहीबार ०९:५८