काठमाडौं उपत्यकामा रहेकालाई गाउँ पठाउने निर्णय रद्द

काठमाडौं / लकडाउनका कारण राजधानी बाहिरको आफ्नो घर जान नपाएकाहरुलाई सम्बन्धित स्थानमा पुर्याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका हुन् । उनले अहिले उपत्यका बाहिर पठाउनका लागि त्यस्तो कुनै तयारी नै नभएको बताए ।

कोभिड १९ संक्रमण रोकथाम तथाउच्चस्तरीय समितिको सचिवालयबाट भएको निर्णय सार्वजनिक भएपछि मन्त्री नेम्‍वाङ उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेट्न रक्षा मन्त्रालय पुगेका थिए।

मन्त्री नेम्‍वाङले भने, हामीसँग पर्याप्त स्रोत र साधन छैन। तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन। यद्यपि मन्त्री नेम्वाङले भने काठमाडौंबाट बाहिर पठाउने विषयमा छलफल भने भइरहेको बताए।

यस्तो थियोे सरकारको अघिल्लो निर्णय

सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएका मानिसलाई २८ र २९ गते उपत्यका बाहिर जान दिने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो । लकडाउन लम्बिएसँगै मानिसहरु बिचल्लिमा परेपछि हिडेरै गाउँ फर्किने क्रम बढेको छ । यस समस्यालाई मध्यनजर सरकारले सो निर्णय लिएको हो ।

Loading...
प्रकाशित मिति २७ चैत्र २०७६, बिहीबार १२:३०