भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२६ पुग्यो, ६ हजार संक्रमित

एजेन्सी / भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । भारतमा हालसम्म कोरोनाका कारण ज्यान मानिसको संख्या २२६ पुगेको छ । भने ६ हजार ७२५ संक्रमित फेला परेका छन् ।

बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको थियो । भने बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार पुगेको थियो । भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्र्किएका छन् ।

त्यस्तै विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ७१६ पुगेको छ ।

पछिल्लाे तथ्याङ्क हेर्ने हाे भने काेराेनाका कारण मृत्यु हुनेकाे संख्याले भाेलि (शनिबार) नै एक लाख नाघ्ने देखिन्छ । केहि साता यतादेखि दिनहुँ ७ हजारभन्दा बढीले काेराेनाका कारण ज्यान गुमाइराखेका छन् ।

संक्रमण हुनेकाे संख्या भने १६ लाख नाघेकाे छ । अहिलेसम्म विश्वभर १६ लाख ३४ हजार ४३३ जना काेराेनाबाट संक्रमित भएकाे वर्ल्डो मिटर्स जनाएकाे छ । सङ्क्रमितमध्ये ३ लाख ६९ हजार ४४० जना भने उपचारपछि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २७७ मा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४९ हजार १२५ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा इटाली, अमेरिका, स्पेन त्यसपछि फ्रान्स पर्छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार २७९ पुगेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६१० जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म इटालीमा १ लाख ४३ हजारभन्दा बढीमा कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये २८ हजार ४७० जना भने पूर्णरुपमा निको भएका छन् । अहिले त्यहाँ ९६ हजारभन्द बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये २ हजार २७७ काे अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी काेराेना संक्रमण हुने देश हाे अमेरिका । मृत्यु हुनेमा भने अमेरिका दाेस्राे नम्बरमा पर्छ । अहिलेसम्म अमेरिकामा ४ लाख ६८ हजारभन्दा बढीमा काेराेनाकाे संक्रमण भएकाे छ । बिहीबार मात्रै अमेरिकामा ३३ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म अमेरिकामा काेराेनाबाट १६ हजार ६९१ जनाकाे मृत्यु भएकाे छ । पछिल्लाे २४ घण्टाभित्र अमेरिकामा १ हजार ९ सय जानकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये २५ हजार ९२८ जान भने पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ४ लाख २५ हजारभन्द बढीमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १० हजारकाे भने अवस्था गम्भीर रहेकाे छ ।

काेराेनाले भयवह पारेकाे अर्काे देश हाे स्पेन । स्पेनमा अहिलेसम्म काेराेनाका कारण १४ हजारभन्दा बढीकाे ज्यान गइसकेको छ भने १ लाख ५३ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६५५ जनाको ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी थप नयाँ संक्रमित भेटिएका छन् ।

संक्रमितमध्ये ५२ हजार १६५ जान भने पूर्णरूपमा निकाे भएका छन् । अहिले स्पनेमा ८५ हजार ६१० जनामा काेराेना सक्रिय रहेकाे वर्ल्डे मिटर्सले जनाएकाे छ । तीमध्ये ७ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेना संक्रमण हुने देशमा चीनभन्दा अगाडि जर्मनी र फ्रान्स पनि रहेकाे छ । जर्मनीमा अहिलेसम्म काेराेना संक्रमित हुनेकाे संख्या १ लाख १८ हजार २३५ पुगेकाे छ । तीमध्ये ५२ हजार ४०७ सय भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६३ हजार २११ जनामा काेराेना सक्रिय रहेकाे छ । करिब ५ हजार जना भने गम्भीर अवस्थामा रहेका छन् । अहिलेसम्म त्यहाँ २ हजार १६ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् ।

फ्रान्समा काेराेना संक्रमितकाे संख्या जर्मनीकाे भन्दा कम भएपनि मर्नेकाे संख्या भने निकै धेरै रहेकाे छ । अहिलेसम्म फ्रान्समा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १२ हजार २१० पुगेकाे छ । बिहीबार मात्रै त्यहाँ १ हजार ३४१ जनाकाे मृत्यु भएकाे छ ।

अहिलेसम्म फ्रान्समा १ लाख १७ हजारभन्दा बढी काेराेनाबाट संक्रमित भएका छन् । जसमा बिहीबार मात्रै ५ हजार नयाँ संक्रिमत थपिएका हुन् । २३ हजार २१० जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ८२ हजार ३३३ जनामा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये ७ हजारकाे अवस्था भने गम्भीर रहेकाे छ ।

काेराेनाकाे उद्गम स्थल चीन भने अहिले ११ सयकाे हाराहारीमा मात्रै काेराेना सक्रिय रहेकाे छ । त्यहाँ ७७ हजारभन्दा बढी पूर्णरूपमा निकाे भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८१ हजार ९ सय जनामा कोरोनाको संक्रमण देखिएकाे छ ।

एकैदिन ७ हजार बढीकाे मृत्यु

विश्वभर बिहीबार मात्रै ७ हजारभन्दा बढीकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । बिहीबार सबैभन्दा बढी अमेरिकामा १ हजार ९ सयकाे मृत्यु भएकाे छ । अमेरिका पछि फ्रान्समा १ हजार ३४१ बेलायतमा ८८१, स्पेनमा ६५५, इटालीमा ६१०, बेल्जियमा २८३, जर्मनीमा २५८, इरानमा ११७, नेदेरल्याण्डमा १४८, ब्राजिलमा १३४, जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।

Loading...
प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार ०३:०२