कोरोना संक्रमित आठै जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं / नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएका नौ जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, दुई जनाको धौलागिरी अस्पताल र चार जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

आइसोलेसन वार्डमा उपचाररत आठै जनाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको मन्त्रालयले जनाएको छ । संक्रमितहरूको स्वास्थ्य अवस्था पनि ‘खतरामुक्त’ रहेको बताइएको छ ।

त्यस्तै भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । भारतमा हालसम्म कोरोनाका कारण ज्यान मानिसको संख्या २२६ पुगेको छ । भने ६ हजार ७२५ संक्रमित फेला परेका छन् ।

बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार नाघेको थियो । भने बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या ५ हजार पुगेको थियो । भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्रमितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०० भन्दा बढी सङ्क्रमित भने उपचारपछि निको भएर घर फर्र्किएका छन् ।

Loading...
प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार ०३:४०