काठमाडौं ०१ बैशाख / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई नयाँ संक्रमित फेला परेको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमार्फत कैलाली लम्कीकी हएक ६५बर्षीया महिला र रौतहटको क्वारेन्टाइनमा रहेका एक १९ बर्षे युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले यसबारे जानकारी दिदै उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङ भयरहेको जानकारी दिनुभएको छ ।
त्यस्तै कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रहेको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १३ पुगेको छ ।
गत चैत १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।
१७ दिन क्वरेण्टीनमा बस्दा पनि कुनै लक्षण नदेखिएपछि २९ गते उनलाई घर पठाइएको थियो । तर सोमबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि अहिले उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याउन स्वास्थ्यकर्मीको टोली गएको छ ।
सेती प्रादेशिक अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।