दीपक अधिकारीको सृजनामा तीज गीत ‘सारी’ बजारमा

काठमाडौं / नेपालीहरुको महान पर्व हरितालिका तीज आउन अब एक महिना जति बाँकी छ । नेपाली नारिहरुले विगतमा आफ्नो पिडा र बेदना पाेख्न गीत संगीतको सहारा लिन्थे अनि बेदना पोख्थे । समय सँगै अहिले गीतको प्रकृति फेरीएको छ तर तीजमा गीत गाँउने चलन भने झन/झन बढिरहेको छ ।

धेरै कलाकाहरुले तीजलाई मध्यनजर गर्दै नयाँ -नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन । यसै अवसरमा सारी बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।

तीजमा आफ्नो मान्छेले सारि ल्याइदिएको कुरालाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतमा विकास नेपाली र अनिता पन्तको आवाज रहेको छ भने गीतको उत्कृष्ट शब्द दिपक अधिकारीले सिर्जना गरेका छन भने सन्तोष सुवेदीले गीतलाई लय सिर्जना गरेका छन ।

मौषम हिमालीको निर्देशन रहेको सो गीतमा सन्तोष सुवेदी र पुर्णिमा श्रेष्ठको अभिनय रहेको छ भने गीतलाई पोखरा Media ले बजार ब्यवस्थापन गरेको छ । भिडियो :

गीतलाई पुर्ण सफलताको कामना सहित सो गीतको पुरै म्युजिक भिडियो यहाँहरुको लागी

Loading...
प्रकाशित मिति ५ श्रावण २०७६, आईतवार ०६:२५