काठमाडौंमा भेटियो २ जना कोरोना संक्रमित : नेपालमा संक्रमित १६ जना पुग्यो

काठमाडौं / नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सोमबार काठमाण्डौको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा भेटिएका शंकाष्सपद तीनजनामध्ये दुईजनामा संक्रमणको पुष्टि भएको हो । बेलायतबाट फर्किएका एकै परिवारका तिन जनामा सोमबार र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि उनिहरुको पिसिआर विधिबाट पुन परिक्षण गरिएको थियो ।

सोमबार गरिएको द्रुत परीक्षणमा तीनजनामा पोजेटिभ देखिएपनि पिसिआर विधीबाट परिक्षण गर्दा दुईजनामा पुष्टि भएको एक जना फेरि परिक्षण गर्नुपर्ने देखिएको पाटन अस्पताल स्रोतले जानकारी दिएको छ । पाटन अस्पतालका निर्देशक विष्णु शर्माले र्यापिड टेस्टमा पोजेटिभ देखिएका तीनजना मध्ये दुईजनामा संक्रमण भएको पुष्टि गर्दै एकजनाको फेरि परिक्षण गरेपछिमात्रै सार्वजनिक गर्ने बताए ।

सोमबार संक्रमणको आशंका गरिएका तिनै जना अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् ।थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको छ । ८ जना संक्रमित भेटिएपछि एकहप्तासम्म नेपालमा कुनै पनि नयाँ संक्रमित नभेटिएपनि आईतबार र सोमबार मात्रै ५ जना नयाँ संक्रमित भेटिएका थिए । नेपालमा संक्रमित भेटिएका एकजना उपचारपछि निको भएर घर फर्किएका छन भने अन्य १५ जना अहिले उपचारत छन । संक्रमितमध्ये दुईजना काठमाण्डौ, दुईजना ललितपुर ५ जना धनगढी, एकजना रौतहट , दुईजना बाग्लुङ र तीनजना बिरगंजस्थित नारायणी अञ्चल अस्पतालमा छन ।

नेपाल कोरोना भाइरस संक्रमण देखिएपछि हाजसम्म र्यापिड टेस्ट र पिसिआर मेसिनमार्फत जम्मा १० हजार ९८२ जनाको कोभिड १९ परीक्षण भइसकेको छ । परिक्षण गरिएको मध्ये आज भेटिएका दुईजनापछि १६ जनामा संक्रमण पुष्टि भएको छ ।

बाग्लुङ, कैलाली लगायतका संक्रमण देखिएका जिल्लाबाट शुरु भएको र्यापिट किटबाट परीक्षण गर्ने कामलाई बिस्तार गदै सोमबारदेखि ५२ जिल्लामा यो परिक्षण थालेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन देश गएका तीनहप्तदेखी पूर्ण लकडाउनमा छ भने हाल विदेशबाट आएका ७,१६६ जना देशभरका विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।

Loading...
प्रकाशित मिति २ बैशाख २०७७, मंगलवार ०६:४५