बागलुङमा चट्याङ लागेर तीन जना घाइते

बागलुङ, ०२ बैशाख / बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सोमबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर तीन वर्षीया नाबालकसहित तीन जना घाइते भएका छन् ।

रेशको कुँवरथरका ८८ वर्षीया लालबहादुर कुँवर, २४ वर्षीया पवित्रा कुँवर र उहाँका तीन वर्षीया छोरा घाइते भएका हुन् ।

घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चट्याङका कारण पवित्राको घरको ढोका फुटेको छ ।

चट्याङका कारण गोठमा बाँधिराखेका पशु चौपायसमेत घाइते भएको बताइएको छ।

Loading...
प्रकाशित मिति २ बैशाख २०७७, मंगलवार ०८:४१