रमेश प्रसाई कोरिया जाँदै ..

काठमाडौं / पछिल्लो समय निकै चर्चा पाएका स्पष्ट वक्ता रमेश प्रसाई कोरिया जाने भएका छन् | नेपालका लागि नेपाली संस्थाले कोरियामा राहतकोष स्थापनार्थ सेक्टेम्बर १३ तारिख अर्थात छुसकको दोस्रो दिन आयोजना गर्न लागेको “सांगीतिक महाधमाका -२०१९” को लागि विशेष वक्ताको रुपामा प्रसाई कोरिया जाने भएका हुन् |

नेपालको धरान घर भएका प्रसाई एपी वन एचडी टेलिभिजनले आयोजना गरेको पब्लिक स्पिकर प्रतियोगिताका बिजेता समेत हुन् | शारीरिक रुपमा असक्त भएतापनि उनीमा हरेक कुरालाई शुष्म रुपमा विश्लेषण गर्न सक्ने अथाह क्षमता छ | यहि क्षमताको कारण उनि हाल निकै चर्चामा छन | हरेक नेपालीले रुचाएका चर्चित ब्यक्तित्वलाई कोरियामा ल्याउन पाउदा निकै खुसि लागेको राहतकोष संकलन अभियानका अभियान्ताहरुले बताए |

उक्त कार्यक्रममा कोरियामा बिभिन्न कारणले मानसिक तनाबमा परेका नेपालीहरुलाई सकारात्मक सोच तिर बदल्न प्रसाइले विशेष प्रेरणा दिने समेत बताइएको छ |

उनि संगै नेपालका ख्यातिप्राप्त बिभिन्न विधाका कलाकारहरु कोरिया ल्याउने तयारि भएको आयोजकले बताएको छ | सम्पूर्ण कलाकारको अन्तिम पोस्टर आगामी सोमबार भित्र बाहिर ल्याउने तयारि भएको संस्थाले जनाएको छ |

Loading...
प्रकाशित मिति ५ श्रावण २०७६, आईतवार ०६:२९