काभ्रेका दुई युवाको पिसीआर रिपोर्ट नेगेटिभ

काभ्रेपलाञ्चोकमा बुधबारआरडिटि रिपोर्टमा कोरोना पाेजेटिभ दखिएकाहरुको पीसीआर रिपोर्टमा कोरोना नभएणको देखिएको छ।

काभ्रेमा  र्‍यापिड टेष्ट गराउँदा पोजेटिभ देखिएका दुईजनाको थ्रोटस्वाब धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट परिक्षण गरिएको थियो।

उनीहरु मण्डनदेउपुर नगरपालिका र बेथान्चोक गाउँपालिकाका बासिन्दा थिए। पीसीआर प्रविधिबाट आज मात्रै धुलिखेलमा ५० जनाकाे परिक्षण गरिएको छ।

हालसम्म धुलिखेल अस्पतालमा पीसीआर प्रविधिबाट २६३ जनाकाे परिक्षण गरिएको छ। र सबैको रिपोर्टमा कोरोना नभएको पाईएको छ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासमा कडाइ गर्ने भएको छ। लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने बताएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना गर्दै सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको बताएका छन्।

परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने व्यहोरा सूचनामा  उल्लेख छ।

यसअघि सरकारले अत्यावस्यक सवारी साधान सञ्चालनका लागि ई–पासको व्यवस्था गर्ने निर्णय गरिसकेकाे छ। गृह मन्त्रालयले आवश्यक अवस्थाका लागि अनलाइनमार्फत फारम भरेर सवारी पास लिन सकिने बताएको हो।

Loading...
प्रकाशित मिति ३ बैशाख २०७७, बुधबार १२:४०