सोलुखुम्बु केन्द्रविन्दु बनाएर भुकम्पको धक्का

काठमाडौं / सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पका कारण क्षति भएको वा नभएको बारे विस्तृत विवरण आउन बाँकी छ ।

अन्य समाचार : कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणका कारण विश्व नै आक्रान्त बनिरहेको समयमा विभिन्न आशाका गीतहरू सार्वजनिक भइरहेका छन् । यसै सन्दर्भमा ‘सुनौलो बिहानी फर्किनेछ’ गीतको भिडियो पनि सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कोरोना भाइरस विरुद्ध मानव जातीको जित हुने र जितपछिको भविष्यलाई प्रस्तुत गरिएको छ । ‘सुनौलो बिहानी फर्किनेछ’ गीतलाई सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीले स्वरबद्ध गरेका छन् ।

अशोक शेर्चनको शब्द तथा एलिश कार्की र प्रमोद निर्वानको संगीतमा गीतलाई शैलेन्द्र एम प्रधानले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा सत्यराज, स्वरुपराज, प्रताप, प्रविशाका साथै मुस्कान वाग्ले, पवन श्रेष्ठ, सन्तोष सेन, प्रदीप खड्का, पल शाह, सुन्दीरा वाग्ले, शम्भू चालिसेलगायत फिचर्ड छन् ।

रुपेश थापा, विजय भण्डारी र दीपेश उपाध्ययले छायांकन गरेका भिडियोलाई रुपेश थापाले सम्पादन गरेका हुन् । भिडियोको कार्यकारी निर्माताको रुपमा प्रवेश पौडेल रहेका छन् ।

Loading...
प्रकाशित मिति ४ बैशाख २०७७, बिहीबार ०१:२१