अलपत्र परेका व्यक्तिलाई गन्तव्य पुर्‍याइदिने बिष्णुको घोषणा, (सम्पर्क गर्नुहोस्)

सिन्धुली,५ बैशाख / सिन्धुलीको धुराबजार निवासी समाजसेवी बिष्णुबहादुर बम्जनले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका मरिण गाँउपालिकाका बासिन्दालाई आफ्नो नीजि खर्चमा ल्याई दिने बताउनु भएको छ ।

प्रशासनले अनुमति दिए काठमाडौँमा अ’लपत्र मारिण गाउपालिकाका बासिन्दालाई घरसम्म ल्याई दिएर उद्धार गर्न खोजेको तर स्थानीय प्रशासनले अनुमति नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “म पनि लकडाउनका कारण घरभित्रै बसि रहेको छु, तर अ’लपत्र व्यक्तिको पी’डा सुन्दा मन थामिएको छैन । मन चाहि बाहिर निस्किएको छ ।”

“लकडाउनका कारण अ’लपत्र परेका बालबच्चा सहितका व्यक्ति सडकमा हिड्दै रुदै फोन गर्छन, के गर्ने ? खान पाएको छैन, रोडमा सुतेको छु भन्छन् । साह्रै दुःख लागेको छ,” निर्माण ब्याबसायी समेत रहनु भएका बम्जनले भन्नुभयो, “मरिण गाँउपालिकाका काठमाडौँ

मा अलपत्र परेका सबै व्यक्तिलाई आफ्नै खर्चमा ल्याई दिन खोजेको हुँ ।” लकडाउनका कारण अ’लपत्र परेका व्यक्तिलाई कि सरकारले व्यवस्थापन गर्नु पर्ने, कि ल्याउन अनुमति दिनु पर्ने उहाँको भनाई छ ।

उहाँले अलपत्र व्यक्तिलाई घरसम्म ल्याई दिएर उ’द्धार गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा अहिले सम्भव छैन भन्ने जवाफ पाएको उहाँले जानकारी गराउनुभयो । मर्दा पर्दा सहयोग गर्ने न हो भन्ने भावना आफुलाई जागेको पनि उहाँले बताउनुभयो ।

समाज सेवी बम्जनले लकडाउनका बेला धुरा बजार घरमा भाडामा बसेका व्यक्तिरुहलाई चैत महिनाको भाडा ८४ हजार रुपैया पनि छुट दिनु भएको छ । उहाँले यसअघि पनि मरिण गाँउपालिका–१ स्थित मधुवनी प्राथमिक विद्यालयका १२७ बालबालिकालाई गत पुस महिनामा जाडोका कपडा स्वीटर, जुत्ता र मोजा निःशुल्क बितरण गर्नु भएको थियो ।

Loading...
प्रकाशित मिति ५ बैशाख २०७७, शुक्रबार ११:०२