उदयपुरमा विषालु च्याउ खाएर १२ बिरामी

उदयपुर ५ साउन । उदयपुरमा छुट्टाछुटै स्थानमा जंगली विषालु  च्याउ खाएर १२ जना विरामी भएका छन् । त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना गरी १२ जना बिरामी भएका हुन् ।

जंगली विषालु  च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र १७ वर्षीया रबिना दनुवार बिरामी परेका छन् ।

यस्तै, कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खादाँ टंककुमारीसहित छोराहरु १४ वर्षीय अनिश, ११ वर्षीय महेन्द्र र ९ वर्षीया छोरी सुजिता दनुवारका बिरामी भएका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिर बहादुर बुढामगरले बताए ।

टंककुमारीका छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको एसपी बुढामगरले वताए । उनीहरुले शनिबार जंगलबाट ल्याएर च्याउ खाएका थिए । बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ । – नागरिक बहस

Loading...
प्रकाशित मिति ५ श्रावण २०७६, आईतवार ०९:०७