गणेश साउद जि सि / डोटि
सुदुर पश्चिमेली नेपाली समाज भारत ले कोभिड १९ को महामारीको कारण लकडाउनले गर्दा समस्या मा परि दुई छाक हात मुख जोर्न पनि समस्या भएका हरुलाइ सकेसम्म राहत उपलब्ध गराउने अभियान अन्तर्गत अाज पनि चेन्नई का बिभिन्न ठाउँमा राहत वितरण गरेको छ।
डोटि सायल ५ सुनिपाटा घर भै हाल चेन्नई को अान्ना नगरमा रहेका नरेश नेपाली को दुइ छोरा सहित स-परिवार र साथै सोहि ठाँउमै धनगढी उपमहानगरपालिका कैलाली फुलबारी घर भएका दिले बिक को दुइ छोरी,एक छोरा सहित को दुबै परिवारलाइ सुदुरपश्चिमेली नेपाली समाज भारत का दक्षिण संयोजक MB साउद मार्फत प्रति परिवार २५ किलो चामल दाल तेल मसला अादि राहत सामग्री उपलब्ध गराइएको छ।
साथै नवदुर्गा गा.पा. डडेलधुरा ५ हाल चेन्नई को तारामणि भन्ने ठाउँमा स-परिवार सहित रहदै अाउनु भएका करन धामी लाई सुप समाज तमिलनाडु राज्य उपाध्यक्ष मोहन खडायत ज्यू मार्फत चामल दाल मसाला इत्यादि उपलब्ध गराइएको छ।
तिनै जना नेपाली हरुको परिवार होटेल को दैनिक मजदुरी मा निर्भर रहेको र लक डाउनको प्रभावले होटेल हरू बन्द रहेको हुदा अत्यन्तै समस्या मा परेका ले सुप समाज तमिलनाडु लाइ सहयोग को लागि निवेदन गरेका थिए।
सुदुर पश्चिमेली नेपाली समाज भारत तमिलनाडु राज्य समिति को राहत वितरण कार्य अझै जारी रहेको तमिलनाडु कोषाध्यक्ष पदम जान बोहरा ज्यू ले जानकारी दिनुभयो ।