इलाममा कोरोनाको अफवाह फैलाउने युवा पक्राउ

इलाम / कोरोना भाइरस संक्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने युवक पक्राउ परेका छन् । फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका संक्रमितत फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । लिम्बूले शुक्रबार बिब्ल्याँटेका कोरोना भाइरस संक्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतंक मच्चिएको थियो ।

लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास उत्पन्न भएको थियो ।

Loading...
प्रकाशित मिति ७ बैशाख २०७७, आईतवार ०४:०५