खाडीमुलुकको ६ देशमा कोरोनाको पछिल्लो अवस्था यस्तो छ ।

काठमाण्डाै – खाडीका देशमा अहिलेसम्म बहराइनमा ४९, यूएईमा ११, साउदीमा ४, कुवेतमा १४ र मलेसियामा १ जना गरी जम्मा ५२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे छ । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा एक गरी ६ जना निको भएर काममा फर्किएका छन् ।

यूएईमा एक नेपाली महिलामा मृत्युकाे चार दिनपछि कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालका अनुसार मृत्युको कारण कोरोना हो भनेर आधिकारिक पत्र भने दूतावासमा आइसकेको छैन । त्यसैले कोरोना सङ्क्रमति नेपालीको जम्मा सङ्ख्यामा मृतक महिलालाई जोडिएको छैन ।

यी देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ८ सय ४६ पुगेको छ । ७ हजार ६ सय २३ जना उपचार पछि निको भएका छन् भने, २२ हजार ९ सय ७३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।

विश्वका दुई सय १० देशका २३ लाख ५८ हजार ६७५ जनामा सङ्क्रमण फैलिसकेको छ । एक लाख ६० हजार ७६७ जनाको ज्यान गएको छ भने ६ लाख ६ हजार ६५४ जना निको भएका छन् ।

कतार

सङ्क्रमित सङ्ख्या : पाँच हजार ४४८ ज‍ना ।

निको भएर घर फिरेकाहरु : ५ सय १८ जना ।

अस्पतालमा उपचाररत : ४ हजार ९२२ जना ।

मृतकको सँख्या : ८ जना ।

युएई

सङ्क्रमित सङ्ख्या : ६ हजार ७ सय ८१ (११ जना नेपालीसहित । सङ्क्रमित दुई जना नेपाली श्रमिक निकाे भइसकेका छन् ।)

निको भएर घर फिरेकाहरु : १२ सय ८६ जना (दुई नेपालीसिहत) .

अस्पतालमा उपचाररत : ५ हजार ४५४ जना ।

मृतकको सँख्या : ४१ जना ।

साउदी

सङ्क्रमित सङ्ख्या : ८ हजार २ सय ७४ जना (१ जना नेपालीसहित) ।

निको भएर घर फिरेकाहरु : १ हजार ३२९ जना (तीन जना नेपालीसहित) ।

अस्पतालमा उपचाररत : ६ हजार ८५३ जना ।

मृतकको सँख्या : ९२ जना ।

बहराइन

सङ्क्रमित सङ्ख्या : १७ सय ७३ जना । (४९ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ७ सय ५५ जना ।

अस्पतालमा उपचाररत : १ हजार ११ जना।

मृतकको सङ्ख्या : ७ जना ।

कुवेत

सङ्क्रमित सङ्ख्या : १९ सय १५ जना । (१४ जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ३०५ जना ।

अस्पतालमा उपचाररत : १६ सय ३ जना ।

मृतकको सङ्ख्या : ७ जना ।

ओमन

सङ्क्रमित सङ्ख्या : १२ सय ६६ जना ।

निको भएर घर फिरेकाहरु : २३३ जना ।

अस्पतालमा उपचाररत : एक हजार २७ जना ।

मृतकको सँख्या : ६ जना ।

ओमानमा रहेका नेपाली श्रमिकमा सङ्क्रमण देखिएकाे छैन ।

Loading...
प्रकाशित मिति ७ बैशाख २०७७, आईतवार १७:२८