सम्झना भण्डारी र हेमन्त कान्छाको तीज कोसेली “बहिनि नाचिन” सार्वजनिक

काठमाडौं ५ साउन / नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा, प्रतिस्पर्धात्मक ढंगले तीज गीतहरु बजारमा आइरहेको छ । तीजकै अवसरमा लोकप्रिय चर्चित गायिका सम्झना भण्डारी र हेमन्त कान्छा रसाइलीको स्वरमा “बहिनी नाचिन” बोलको गीत पृथ्वी इन्टरटेन्टमेन्ट बाट बजारमा आएको छ ।

सपना रसाइलीको उत्कृष्ट शब्द संयोजनमा रहेको गीतलाई गायक हेमन्त कान्छाले संगीत भरेका छन् । यश गीतको भिडियो पनि निकैनै उत्कृष्ट बनेको छ जस्मा शिव विकको निर्देशन रहेको छ भने, ‘नवराज उप्रेतीले खिचेका हुन् ।’

भिडियोमा कलाकारहरु रेशम फिरिरि ,हेमन्त कान्छा रसाइली , विकाश राना, सम्झना भण्डारी, अस्मिता भण्डारी,एलिना ठकुरी, रुपा सुनार ( छुच्चि नानी) लक्ष्मी भण्डारीको उत्कृष्ट अभिनय हेर्न पाइन्छ ।

भिडियो :

Loading...
प्रकाशित मिति ५ श्रावण २०७६, आईतवार १०:०९