शक्तिशाली देश अमेरिकामा कोरोनाबाट ४० हजार बढीको मृत्यु

काठमाडौं / विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास सबैभन्दा बढी अमेरिकामा देखिएको छ ।

झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकैदिन १ हजार ५१० जनाको मृत्यु भएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म थप १ हजार ५१० को मृत्यु भएसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार ५२४ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७८७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ६३ हजार ५७९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ७० हजार ९३८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ५२ हजार ११७ जनामध्ये १३ हजार ५६६ को अवस्था गम्भीर रहेको छ ।

Loading...
प्रकाशित मिति ८ बैशाख २०७७, सोमबार ०२:४०